Jun 23, 2011

नेता को जोक्स : Bad Politics

एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेताहरुलाई खाल्डोमा पुरेछ ।
केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होइन कोहि नेताले "म मरेको छैन" भन्दै थिए!
तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।


एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि -
हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन ।
भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर ,
सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ ,
भोली पल्टको पत्रीका मा समाचार छापियो :  हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ।

No comments:

Post a Comment