Jun 23, 2011

जड्याको जोक्स (Jadya ko Jokes)

एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
...
...
...
...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ .....


पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।


एउटा जँड्ह्या बारमा बसेर अगाडी राखेको रक्सीको गिलास घण्टौंदेखि एकटक हेरिरहेको थियो ।
त्यो देखेर उसलाई जिस्काउन वेटरले त्यो रक्सी एकैसासमा स्वाट्ट पार्यो ।
जँड्ह्या रुन थाल्यो,
वेटर : सरी दाई, मैले त तपाइँलाई जिस्काउन पो खोजेको..!
जँड्ह्या : हैन भाई, यसमा तिम्रो गल्ती छैन । आजको दिन नै अनलक्की छ । जागीर गयो, स्वास्नी पनि सम्पत्ति कुम्ल्याएर भागी त्यसैले मर्न भनेर त्यो रक्सीमा प्वाइजन मिलाएको थिएँ, त्यो पनि तिमीले...

No comments:

Post a Comment