Jun 23, 2011

Teacher-Student Jokes 2

शिक्षक :-तँलाई गधा !यति पनि आउँदैन?
राम :- सर पनि खालि गधा गधा मात्र भन्नुहुन्छ । कहिले पनि राम भनेर बोलाउनु हुन्न।
(अर्कोदिन रामले सरको अगाडि डाक्टर लिएर आउँछ)
राम:- नमस्ते सर !
शिक्षक :-नमस्कार ! अनि तँ गधाले चाहिँ डाक्टर किन बोलाएको नि?
राम :-के गर्नु त सर !तपाई मलाई गधा मात्र देख्न्नु हुन्छ । त्यही भएर तपाईको आँखा जचाउन ल्याएको नि ।


विधार्थी :"सर मलाई जसरी भएपनि पास गराईदिनू। अहिले पास भइनँ भने त मेरो जहाजै डुब्छ।"
शिक्षक : स्कूल आउँदा लुरुलुरु हिडेँर आउछस । साइकल त छैन .. जहाज डुब्ने कुरा गर्छ ।



एक दिन कलेजमा “साँच्चिकै भगवान छ कि छैन” विषयमा विद्यार्थीहरुबीच छलफलको कक्षा थियो । शिक्षक आएर कक्षामा सबैलाई सोध्न थाले: “कसैले भगवानले बोलेको सुनेका छौ ?” कोहि पनि बोलेनन् । शिक्षकले फेरी सोध्यो “कसैले भगवानलाई छोएका छौ ?” अझ पनि कोहि बोलेनन् । उसले फेरी सोध्यो “कसैले भगवान देखेका छौ ?”
तेश्रो पटक पनि कोहि नबोले पछि शिक्षकले प्रमाणित गर्‌यो “यो संसारमा भगवान नै छैन ।“

एउटा विद्यार्थीलाई शिक्षकले प्रमाणित गरेको कुरा चित्त बुझेन र उसले बोल्ने अनुमति मागे । शिक्षकले अनुमति दिएपछि उठेर उसले आफ्ना साथीहरुलाई सोधे “यो कक्षामा कसैले सरको दिमाग सुनेका छौ ?” सबै चुपचाप रहे । उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग छोएका छौ ?” कसैको जवाफ आएन र उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग देखेका छौ ?“
अन्तिममा पनि कसैले जवाफ नदिएपछि ऊसले भन्यो “हाम्रो सरको प्रमाण अनुसार, उहाँको दिमाग नै छैन ।“

No comments:

Post a Comment