Jun 24, 2012

some funny nepali jokes

अध्ययनका समयमा क्लासको फस्टबेन्चमा बस्नेहरू : प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।

सेकेन्ड बेन्चर्स : हे, एउटा कोइसन त भ्याइएन हौ,

थर्ड बेन्चर्स : स्योर पास भइन्छ

फोर्थ बेन्चर्स : हे भगवान !! प्लिज हेल्प मि

लास्ट बेन्चर्स : गार्डचाहिँ साँच्चिकै सेक्सी हो यार, परीक्षाको ३ घन्टा समय बितेको पत्तै भएन।





शिवजीको नेपाल भ्रमण 
एक दिन भगवान् शिव मानवको रुप धारण गरेर नेपाल आएछ। भगवान शिवजी सिदै एउटा भट्टीमा छिर्नुभएछ। भट्टी मा शिवजीले एक फुल लोकल ऐला मगाउनु भए छ। एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। शिवजीले अब चाहिं एक फुल खुकुरी रम मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। उहाँले फेरी एक फुल भोड्का मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। फेरी एक फुल रोयल स्टेग मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। यति रक्सी खाएको देखेर भट्टीको साउनी अचम्म परेछ र सोधेछ – मैले कस्ता कस्ता ट्वाके जडियाहरु देखेको छु तर तपाईं जस्तो चाहिँ कहिले देखेको छैन! शिवजी रिसाउन्दै भन्नु हुन्छ – अरे मुर्ख बालिके म शिव हुँ शिव !! भट्टी साउनी – बल्ल लागेछ यसलाई !!!






काले र गोरे बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।।

No comments:

Post a Comment