Nov 13, 2012

some funny nepali jokes


एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो "यो संसद भवन हो !"
अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !"
गाइडले फेरी नारायणहिटी देखाएछ
अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !"
गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो
अङ्रेज: "यो खे हो ?"
गाइड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो !" :p

---------------------

फुटबलर क्रिस्चियानो रोनाल्डोले राजेश दाइलाई भनेछन्, मैले एकपटक फुटबल हाने भनें, बल दुई मिनेटसम्म घुमिरहन्छ, दाइ फिस्स हाँसेछन् र भनेछन्, तिमीलाई थाहा छैन होला, अहिलेसम्म कसरी पृथ्वी घुमिरहेको छ भन्ने, यो मेरो एउटै प्रहारको करामत हो।

---------------------

एक पटक राजेश हमाल बाग्लुङ गएका थिए
। त्त्यहाँ उन्लाई एक जना बालक ले -नमस्कार अंकल, भनेर ढोगिदिएछ । राजेश दाइ ले खुशी भएर उस्लाई ओहो बाबु ठुलो भएस् भनेर आफ्नो फलाम को हाथ उस्को टाउको मा राखिदिएछन ।
तेही बेला देखि त्यो बालक कहिले पनि बढ्न सकेन र आज त्यो बालक खगेन्द्र थापा मगर को नाम ले चिनिन्छ । :D

---------------------

एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र I -PHONE मोबाइल किनेछ | दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो | एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ | बल्ल बल्ल किनेको फोन
झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ | धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर मेरो सुन,चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर........
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला दिसा लागेको छ..........:p


No comments:

Post a Comment