Nice Nepali Popular Jokes
प्रोफेसर:तिमी
क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि
एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर:त तिमि किन
लेट?
केटी:सर त्यो केटा नै
बिस्तारै आईरहेको थियो अनि....
नेपाल टेलिकमको नयाँ
सेवा विवाह सेवा:
सम्बन्धको लागि १
थिच्नुस्, स्वयम्बरको
लागि २ थिच्नुस्, विवाह
नै गर्न ३ थिच्नुस
मुन्द्रे:
दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस
सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।
दुईजाना साथी(राम र
स्याम) कुरा गर्दै छन।
राम: स्याम म त अफिस
जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस?
स्याम:म पनि तैले
जस्तै गर्छु, त
अफिस गएपछि।
कुशल कलर टि.भी.
किन्न जान्छ.
कुशल : के तपाईँकोमा
कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो
टि.भी. दिनु त!!!!!
बालक : मलाई तपाई मन
पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा
मन पर्दैन !
बालक : ठिक छ म कोसिस
गर्छु कि बच्चा नहोस ।
श्रीमती : तपाईले
थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
सुगम : म त मोटरसाईकल
भन्दा घटिमा त मरे पनि साट्दिन ।
दुइ जना सिकार खेल्दै
थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा
अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो
बाघलाइ किन जित् नु पय्यो,तलाइ
जिते भै हाल्यो नि॥
भिखारी : हजुर ! एक
रुपयाँ दिनुस्न । साहुजी : हैन तिमी यस्तो बलियो कुनै काम गरेर खाऊ न
! किन माग्दै हिँडछौ ? भीखारी
: म त हजुरसँग पैसा पो माग्दैछु सल्लाह मागन आएको होइन नि ।
एक टुरिस्ट नेपाल
धुम्न आएछ।उसले एक नेपाली गाईड रखेछ।उनिहरु रानी पोखरा हेर्न गएछनटुरिस्ट:यसलाई
बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्षटुरिस्ट
तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने
फेरि धुम्दै उनिहरु
घण्टा घर पुगेछन
टुरिस्ट: यसलाई बनाउन
कति बर्ष लाग्यो?
...गाईड:१० बर्षटुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा
बन्ने
अब उनिहरु धरहरामा
पुगेछन
टुरिस्ट: यसलाई बनाउन
कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ
थिएन
मल्लिकाले एक बाबालाई
सोधेछिन्
बाबा म नहाउने बेलामा
के लगाउ जसले गर्दा मेरो यौवन सधै सुरक्षित रहोस
बाबाले भने: ढोका
एउटा गोरो मान्छे
थियो , जब
उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि
।
एउटा बच्चा एउटा
किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन
पोषण कसरी गर्ने "
आमा : हैन तैले यो
किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न
चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
एउटा कन्जुस बजारमा
अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर
देखाउनुस त
साहुजी : ल यो
लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ
यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको
देखाउनुहोस् , पार्टी
जादा लागाउने खालको होइन ।
एउटा चोर एउटा धनी
मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ
फुटाउनु जरुरी छैन , ४५२
नम्बर थिचेर अगाडिको रातो बटन प्रेस
गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो
चोरले बटन दबायो अर्लाम बज्यो र
पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो
साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
**
स्वास्नी : हिजो
तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो ,
यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु
सबै गलत संगतको असर हो , ४
जना साथी १ बोटल रक्सी , ३
नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
राम : डाक्टरले मलाई
च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के
उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको
लागि मलाई आफ्नो कार बेच्नु पर्यो ।
एउटा साथी अर्को सँग
: यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको
मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि
मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
लोग्ने : तिमीसँग
बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै
) हो र कसरी नि ?
लोग्ने : मलाई मैले
गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई )
भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन
हाँस्दै छस ?
डाँका : किन भने म त
बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
एउटा बच्चा धेरै बेर
देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर
सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के
गर्दै छौ ?
बच्चा : अंकल यो
घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन
थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ
.......
३ जना गफाडीबच्चाहरु
गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ
यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास
नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन्
पादयो भने कट्टुनै फाट्छ।
शिक्षक : चोरिको फल
एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी
नगर्नुरामले बिचमै उठेर भन्यो तर सर
हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए
त्यो त एकदम मिठो थियो त ।रामलाई उसको
साथीले सोध्यो , तिमीलाई
थाहा छ A/C चलाऊदा
कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु ,
बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर
नि ।
एउटा पत्रीकाको
सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु
भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि
तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ
म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर
प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका
मा समाचार छापियो " हाम्रो
देशका ५० प्रतिशत नेताहरु भष्टाचारी
छैनन
Nice Nepali Popular Jokes
No comments:
Post a Comment