Nov 24, 2015

Rajesh Hamal vs Rajanikant - Nepali Joke



राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
--
रजनीकान्त घरमा बुढीसँग
रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।




ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए।
त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
--
 सुरुमा रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "

No comments:

Post a Comment