Showing posts with label Gafadi ko Jokes. Show all posts
Showing posts with label Gafadi ko Jokes. Show all posts

Sep 17, 2013

गफाडी खरायो - talkative rabbit joke

एउटा खरायो पसलमा गएर:
खरायो: गाँजर छ ?
पसले: छैन
...

खरायो अर्कोपटक आएर
'गाँजर छ गाँजर ?'
पसले: छैन भने, भाग उता !

खरायो गयो 

फेरि अर्कोपटक आएर भन्यो
'गाँजर छ ?'
पसलेलाई रिस उठेर खरायोको दाँत तोडिदियो

अर्कोपटक फेरी खरायो आयो
अनि भन्यो
'गाँजरको जुस छ ?'

Apr 9, 2012

dhurmus in nursery class

1 कक्षाकोठा मा महिला शिक्षिका ले बच्चा हरु को 
हौसला बडाउन 1 उपाय सोच्छिन।
शिक्षिका:- जस्ले पहिलो पाठ कण्ठ गरे को छ उस्ले मेरो हात मा kiss गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को हात मा kiss गर्छन।
शिक्षिका:- जस-जस्ले 2 पाठ कण्ठ गरेर आको छ उस्ले मेरो 2 वटा गाला मा kassi गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को 2 वटा गाला मा kiss गर्छन।
धुर्मुसे जुरुक्क उठ्छ र भन्ंछ 
मिस तपाई ओक्ष्यान लगाउनुस त?
सिक्षिका:- किन?
धुर्मुसे:- मलाई पुरै किताब नै याद छ।

एउटा केटी एउटा केटा ......

एउटा केटी एकान्त बाटोमा जाँदैथिई
एउटा केटा अगाडिबाट आउँदै थियो
दुबै एक्दम नजिक पुगे
.
.
....
.
.
अनी केटा साइड लाग्यो, केटी सरासर
आफ्नो बाटो लागी
.
.
Moral:
सबै केटा बदमाश हुँदैनन् ।

Dec 30, 2011

सोझो nepali केटा ko jokes

राजुको  गाँउको सबै भन्दा सोझो केटा थियो। उसलाई सबैले जिस्काइरहन्थे।
तर ........ उ पनि के कम ........... उसलाई कसैले केही भन्ने बितिकै उसले "तेरो बाउको टाउको" भन्थ्यो।
जिस्कयाउने मध्ये एउटा बुढो पनि थियो ।
"तेरो बाउको टाउको" भनेको बुढोलाई मन पर्थेन ....... 
एकदिन....  बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। 
त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ।  र अब नभन्ने बाचा गराएछ।

तर .........फेरी पनि  पहिले जस्तै बुढोले राजुलाई जिस्काउन थालेछ।

राजु (रिसाउदै) :- तेरो..............................
बुढो:-  ............... भनिस भने तेरो बाउलाई भनेर फेरी कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको............... :D

Nepali Comedy Funny Jokes Again

पाईलट बन्न चाहन्छु...............................................
बाबुले छोराको रिजल्ट हेरेपछि : तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस ।
छोराले बाबुलाई भनेछ : त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । 

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ?
साउजी – नब्बे रुपीयाँ ।
ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ ।
साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि ।

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ,
घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ ।
बच्चाको परिवारले भनेछन : ए हजुर यो त पागल छ ।
त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ?
होईन हजुर त्यत्ति नै पागल त छैन ।

नेपाली teacher student and bird jokes


इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

----------------------

एउटा जुरेलि चरा कार को सिसा म ठोकिएर भुई मा ढलेछ..अनि एउटा मान्छे ले घर मा लगेर उपचार गरेर पिंजडा मा थुनेर राखेछ..एक छिन पछि त्यो जुरेलि को होस खुलेछ..अनि आफ़ु लाई पिंजडा भित्र देखेर भनेछ...ला म त जेल मा पो परेछु.. बिचारा त्यो कार को ड्राइवर मरेछ कि क्या हो.....

Funny hawa gafadi Nepali Jokes


२० हातको बाघ:
दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।

क्रिकेटका सोखिन दुइ बुढा:
क्रिकेटका सोखिन नब्बे काटेका दुइ बुढामित्रमध्ये एकजनाको स्वर्गवासी हुनेबेला भएछ, अर्को बुढाले उसलाइ भनेछ "स्वर्ग पुगेपछि त्यहाँ क्रिकेट छ कि छैन, पत्ता लगाएर फोन गर" पहिलो बुढा "हुन्छ" भनेपछि स्वर्गिय भएछ ।
केही दिनपछि स्वर्गबाट पहिलोको फोन अर्को बुढालाई आएछ -"तेरोलागि एउटा खुशीको,अर्को दुःखको खबर छन् । खुशीको खबर स्व...र्गमा क्रिकेट खेल्न पाइन्छ र दुःखको खबर आउने बिहीबार हुने म्याचमा फस्ट बलिङ्ग तैले गर्नु पर्ने भो !"

Nepali Funny Jokes Collection Popular Famous

रामले आफ्नो बारेमा बयान गर्दै हरिलाई भन्यो,
राम: मेरो डिस्नरीमा “इम्पोसिबल” शब्द नै छैन ।
हरि: पहिले किन्ने बेलामा हेर्नुपर्ने थियो नि, सबै शब्द छ कि छैन ।

एक युवक एक दिन शिवजीको प्रार्थना गर्दै कठोर तपस्या बसे, त्यसबाट शिवजी प्रशन्न हुनुभयो र उहाँले के चाहिन्छ माग्न आग्रह गर्नुभयो, उसले शिवजीसँग गितार मागे । त्यत्रो तपस्या बसेर जाबो गितार मागेको देखेर शिवजी अचम्म पर्नुभयो र भन्नुभयो -“तिमीले यत्रो तपस्या गरेका छौ बालक, जाबो गितार किन माग्छौ, अरु केहि माग।“
युवक –“मलाई गितार नै चाहिएको छ भगवान, गितार भए अरु केहि चाहिँदैन ।“
शिवजी: हे बालक, मसँग गितार भईदिएको भए मैले डमरु किन बोक्थेँ र ?

एक यूवक साधुकहाँ गएर सोधे
“बाबाजी, उनी बिना म बाँच्न सक्दिन, उनीलाई जसरी हुन्छ मेरो जीवनसाथी बनाउन चाहन्छु, केहि उपाय दिनुस् ।“
साधुले भने- “हे बालक, यसको लागि म तिमीलाई एउटै मात्र उपाय दिन सक्छु, अरु कुनै उपाय मसँग छैन र कसैले पनि दिन सक्दैन।“
यूवक (खुसी हुँदै) -“बाबाजी, भन्नुस् न त कस्तो उपाय ?”
साधु – साधु बन, म जस्तै ।

funny Nepali hawa jokes famous


एकजना माग्ने बाटोमा बसिरहेको थियो । एक भलादमी त्यही बाटो हिड्दैँ थिए।माग्ने: दाई एक रुपैयाँ दिनुहोस् न।भलादमी : एक सुका पनि छैन।माग्ने : त्यसो भए आउनुस् सँगै बसेर मागौँ।


गा्हकले होटेलको काउन्टरमा आएर भन्यो-‘भाई मजा आयो।तिमो् आइसकि्म खाएर त दिमागमा ठण्डा नशा छायो,अब यसलाई हटाउनका लागि कुनै चीज त होला।
छ हजुर ,मेनेजरले भन्यो-“यो लिनुहोस बिल।


बाबु: तिमीले कलेजमा सिकेको महत्वपूर्ण दुईवटा कुरा भन त ।
छोरा: दाँतले बियर खोल्न र एक हातले सलाई बालेर चुरोट सल्काउन ।

Dec 15, 2011

Best Funny Nepali Jokes


एक मान्छेको पत्नी एकाएक कतै गायब भई।
-हामीले सुन्यौ तपाईकी पत्नी कतै गायब भइन रे –कसैले सोध्यो।
-हो,तपाईले ठिक सुन्नु भयो।
-पुलिसमा रिपोर्ट गर्नु भयो?
-छैन्।
-किन?
-अधिल्लो चोटि मेरी पत्नि गायब भएकी थिइ ,मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ।त्यसबेला धेरै गडबड ---भएको थियो।
-कस्तो गडबड?
-पुलिसले उसलाई खोजेर ल्याएका थिए।

Sep 23, 2011

Nepali Gafadi ko jokes


राम, श्याम र हरी बसेर गफ गरी रहेका थिए ।
एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो ।
त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?
“गुलाफ”रामले जवाफ दियो ।
कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु ।
श्यामले भन्यो “जस्मिन” कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु ।
कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ?
हरिले जवाफ दियो”क्याक्टस” ल अब पुछ तिम्रो चाक क्याक्टसले ….




‎3 mice were sitting at a bar
Mouse1: I' ve been collecting a lot of rat poision
lately , I have over 50 different kinds
Mouse: Oh yeah ! I've been collecting mouse traps , I must have 100 by now
Both to 3rd mouse: so what do you for fun
Mouse 3 : I'd love to stay and tell you about it but i've to go , I have a date with female cat ......lollllzzzzz

Chemistry, History and Math Teacher in a school


Educational RumbeIn a schools staff room, chemistry and the history teacher were in a heated argument......
History teacher: I will slay you with tipu sultan's sword.
Chemistry teacher : I'll dissolve you in concentrated HCL acid....
A maths teacher was sitting in between them and when she could no longer take the arguments between them she said.....
"Shut up both of you, or I'll put both of you in da bracket and multiply with zero..

खड्के र पड्के Nepali Jokes


खड्के र पड्के बार मा गएर रक्शि पिउदै थिए अनी खड्के रुन थालेछ ।
पड्के : ओेइ मुला किन रोको पिउने बेला मा नि ?
खड्के : यार, जुन केटीलाई भुल्नको लागि पिउदै छु तेही केटीको नाम भुलेछु !!




खड्के : सुन न पड्के उत्तर पुस्तिकामा पहिले के लेखु?
पड्के : के लेख्नु नि अरु पहिला त "यस उत्तर पुस्तिकामा लेखिएको उत्तरहरु किताब सँग कुनै सम्बन्ध छैन, यदी कुनै किताब सँग मिल्न गएमा सम्योग मात्र हुनेछ । "




एयर होस्टेज यात्री सँग : कृपया आफ्नो आफ्नो बेल्ट बाध्नु होला
खड्के : म्याडम सुरुवाल लगा'को ले के बाध्ने ?





खड्के : पड्के सुन न यार, हिजो मेरो एउटा साथीले मेरो मोबाइल बाट मेरो गर्ल फ्रेन्डको नम्बर चोरेछ यार .
पड्के : अनि के भो त ?
खड्के :के गर्थ्यो साले ले हिजो रातभर आफ्नै बहिनीलाई रोमान्टिक SMS पठाउदै बसेछ नि .

अमेरिका मा बस्ने हरि को गफ ..


अमेरिका मा बस्ने हरि को गफ ..
हरि :राम रिहाना लाई चिन्छस ?
राम :नाइँ चिन्दिन,को हो र ?
हरि :कहिलै english geet हेरेको भए पो चिन्थिस त यहाँ को singer भनेर
अनि पामेला लाई चिन्छस त ?
राम :नाइँ चिन्दिन , को हो र ?
हरि :कहिलै english movie हेरेको भए पो चिन्थिस त,यहाँ को hironi भनेर
राम :हरि तैले हाम्रो गाउँको श्याम लाई चिन्छस त ?
हरि :नाइँ चिन्दिन
राम :तेरो स्वास्नी को नाठो,कहिलै गाउँ बसेको भए को चिन्थिस त !

Aug 4, 2011

अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन

एकदिन अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन | भगवान ब्रह्मा प्रसन्न भएर दर्शन दिनुभएछ |

अमेरिकाको नेता : प्रभु , हाम्रो देशबाट यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा : बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै ५० वर्षा लाग्छ |
यो सुनेपछि अमेरिकाको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
अमेरिकाको नेता : प्रभु ५० वर्षा सम्म त म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त अमेरिका नै देख्न पौदिन |

भारतको नेता: प्रभु , हाम्रो देशबाट चै यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै 150 वर्षा लाग्छ |
यो सुनेपछि भारतको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
भारतको नेता : प्रभु १५० वर्षा सम्म त झन् म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त भारत नै देख्न पौदिन |

नेपालको नेता : प्रभु , हाम्रो देशबाट चै नि , यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
यो सुनेपछि भगवान ब्रह्मा नै रुन थालेछ , अनि नेपालको नेता प्रभु किन रुनुभएको भनि सोधेछ |
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन त कहिले हो कहिले,तेतिबेला सम्म त म नै मरिसकेको हुनेछ!

Jul 21, 2011

More Funny Jokes


मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछन
मामा:किन झगडा गरेको?
मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥
मामा :अनि तिमिलाई के को टेन्सन त?
मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥



श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।




न्यायधिस :-तिमीलाई पटक पटक अदालत आउन लाज लाग्दैन?"चोर :- हजुर म त कहिलेकाहीँ मात्र आउँछु तर तपाई त दिनदिनै आउनुहुन्छ। लाज त तपाईलाई लाग्नुपर्ने नि!

Funtoos Jokes


सिता :मैले आज दुई सिक्का भेटाए नि ।
गिता :ए मेरो हो मैले विहान मम्मीसंग मागेर दुई रुपैयाको सिक्का गोजीमा बोकेको थिए ।
सिता :तर मैले भेट्टाएको पैसा त एक एक रुपैयाको दुईवटा थियो नि ।
गिता :(पैसा लिदै) गोजीबाट खस्दा फुटेको होला नि ।



मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उस्को साथिले सोधेछ।
साथि : तिमिले आफ्नो जुत्ता आफै पालिस गरेको ?
मुन्द्रे : अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमि कस्को जुत्ता पालिस गर्छौ त ?



राजु : थाहा छैन दरि-जुँगा भन्दा कपाल किन छिटो फुल्छ हो ?
मुन्द्रे : धत लाटा कपाल भन्दा दारि-जुँगा १३/१४ वर्ष कान्छो हुन्छ भनेर ?



एकदिन मुन्द्रे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मुन्द्रे : सर, मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धम्काई रहन्छ ?
मुन्द्रे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….


Jun 24, 2011

Nepali Gafadi ko Jokes : Hawa Jokes 5

श्यामे: मेरो प्रेमीलाई के गिफ्ट दिनेहोला ?
चतुरे: सुनको रिङ देउ न त ।
श्यामे: साह्रै महँगो यार ।
चतुरे: त्यसो भए एम आर एफ कम्पनीको टायर देउ न त ।



दुई ड्राईभरबीच कुराकानी
पहिलो: तिम्रो गाडीको नाम के हो ?
दोश्रो: अँ... मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।
पहिलो: हो र ! मेरो त पेट्रोलबाट स्टार्ट हुन्छ ।



तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।

Jun 23, 2011

Sojho Gaule Jokes सोझो गाउलेको जोक्स

कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्।
पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न।
दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १—१ गिलास दिनुस् त्
(पसलेले चिया दिन्छ)
पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि।
दोस्रो:- हो त नी।


एक जना गाउले बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
डाक्टर: तपाँईले बिहान के खाजा खानुहुन्छ ?
बिरामी: भैगो डाक्टरसाब, दु:ख नबगर्नुस । मैले घरमै टन्न खाएर आएको छु ।

गफाडीको जोक्स ( Gafadi ko Jokes) 2

तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।




एक टुरिस्ट नेपाल धुम्न आएछ। उसले एक नेपाली गाईड रखेछ। उनिहरु रानीपोखरी हेर्न गएछन
टुरिस्ट:यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:२० बर्ष
टुरिस्ट: तिमिहरु धेरै अल्छी हाम् देशमा त यो ५ बर्षमा बन्ने ।
फेरि धुम्दै उनिहरु घण्टाघर पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड:१० बर्ष
टुरिस्ट :यसमा पनि अल्छी हाम्रो देशमा त २ बर्षमा बन्ने ।
अब उनिहरु धरहरामा पुगेछन
टुरिस्ट: यसलाई बनाउन कति बर्ष लाग्यो?
गाईड :थाहा छैन,हिजो सम्म त यो यहाँ थिएन