Aug 4, 2011

अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन

एकदिन अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन | भगवान ब्रह्मा प्रसन्न भएर दर्शन दिनुभएछ |

अमेरिकाको नेता : प्रभु , हाम्रो देशबाट यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा : बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै ५० वर्षा लाग्छ |
यो सुनेपछि अमेरिकाको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
अमेरिकाको नेता : प्रभु ५० वर्षा सम्म त म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त अमेरिका नै देख्न पौदिन |

भारतको नेता: प्रभु , हाम्रो देशबाट चै यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै 150 वर्षा लाग्छ |
यो सुनेपछि भारतको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
भारतको नेता : प्रभु १५० वर्षा सम्म त झन् म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त भारत नै देख्न पौदिन |

नेपालको नेता : प्रभु , हाम्रो देशबाट चै नि , यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
यो सुनेपछि भगवान ब्रह्मा नै रुन थालेछ , अनि नेपालको नेता प्रभु किन रुनुभएको भनि सोधेछ |
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन त कहिले हो कहिले,तेतिबेला सम्म त म नै मरिसकेको हुनेछ!

No comments:

Post a Comment