Showing posts with label Chor/Daka Jokes. Show all posts
Showing posts with label Chor/Daka Jokes. Show all posts

Jul 29, 2011

More Funny Jokes..... Jail, Police, Judge, Thief...

जेलको नयाँ चौकीदारलाई हाकिमले सम्झाउदै - यी कैदीहरु बदमास र दुःख दिने छन् के तिमी उनीहरुलाई सम्हाल्न सक्छौ ?
चौकीदार - धन्दा नमान्नुहोस् हजुर, दुःख दिएमा तिनीहरुलाई निकाली दिन्छु ।



सरदार पोलिस स्टेसन गएछ। त्यहा लेखीएको थियो "मोबाइल प्रयोग गर्न मनाही छ"।
सरदारले मोबाइल निकालेर सबै साथीहरुलाई फोन गरेर मलाई फोन नगर्नु म पुलिस स्टेसनमा छु भनेछ।



फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।

Jun 23, 2011

Chor/Daka ko Jokes 2

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।


छोरा: बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।
बुवा: (निन्द्रैमा) किन ?
छोरा: चोर आयो रे ।
बुवा: ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे ।


वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ?
चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो।
धन्यवाद फेरि आउनु होला।

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

Chor/Daka ko Jokes 1

पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।



तिमी गएर त्यो पसल बाट 5 KG चिनी चोरेर ल्याऊ ! म तिमीलाई एकसय दिन्छु ।त्यसपछि उसले गएर चिनी लिएर आएपछि पैसा दिन मान्दैन र भनेछ, म पुलिस हो... ।
...एकछिनपछि चोरले नि भनेछ, म यो पसलको मालिक हो ।