Aug 4, 2011

Nepali Politics/Politicians Jokes

एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परीक्षण गरेछ । नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिन आँटेको छ ।



हतारका कारण झलनाथले आफ्नो प्यान्टको फस्नर लगाउन विर्सेछ र यत्तिकैमा शिंहदरबार पुगेछ ।
सेक्रेटरी : (नजिकै पुगेर सुटुक्क) प्रधानमन्त्री ज्यु... ,आज कार्यालय आउने बेलामा ग्यारेजको ढोका लगाए नलगाएको राम्ररी चेक गर्नुभो त ?
सेक्रेटरीको कुरो झलनाथले बुझ्न सकेनछ र आफ्नो काममा लागेछ ।केही समय काम गर्दै गर्ने क्रममा उसले आफ्नो फस्नर खुला रहेको देख्यो र झटपट लगायो ।
अनि बल्ल सेक्रेटरीले भनेको कुरा बुझेर चिया माग्ने निहुँले सेक्रेटरीकोमा गयो र सोध्यो..
झलनाथ : तिमीले ग्यारेज खुला देख्दा त्यहाँ पार्क गरी राखेको मेरो ठूलो बस पनि देख्यौ कि ?
सेक्रेटरी : (युवती अलि लजाउँदै) नाई मन्त्रि जिउ ,मैले त दूइटा ठूला टायर भएको एउटा सानो मिनी मात्रै देखें ।



नेताको बुढी : आजको मीटिंग सफल भो ?
नेता : भएन
नेताको बुढी : सान्ति प्रक्रिया सफल भो ?
नेता :भएन
नेताको बुढी : संबिधान बनायो ?
नेताको : छैन
नेताको बुढी : हैन तपैहरुले के चै बनाउनु भो त ?
नेता : होइन कति प्रश्न गरेको पत्रकार जस्तै , देखेनस यत्रो ठुलो घर बनाको.... तलाई विदेश घुमाको अब चुपलागेर बस !!!!

No comments:

Post a Comment