Aug 4, 2011

नेपाली नेताहरु को जोक्स । Jokes About Nepali Politics/ Politicians

आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: "सबै नेताहरु चोर हुन" ।
भीडबाट अर्को मान्छे करायो: "ओइ हाम्रो बदनाम गर्छस?"
पहिलो मान्छे बोल्यो: "के तँ पनि नेता होस्?"
दोस्रो मान्छेले जवाफ दियो: "होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?"




एउटा नेपाली बिदेशमा घुम्न गएछ , अनि त्यहाँ एउटा मुसाको मुर्ति देखेछ।
उसलाई त्यो मुर्ति सारै मनपरेछ अनि पसलेलाई त्यो मुर्तिको भाउ सोधेछ
पसले: मुर्तिको $ ५० अनि कथा सहित $ १००
नेपाली: मलाई कथा सुन्नु छैन मुर्ति मात्रै दिनुहोस !
त्यसपछी मुर्ति मात्रै किनेर हिडेछ, हिड्दै जादा उसको पछाडी अरु जिउदै मुसाहरुले पिछा गरेछन ,
उसलाई अच्चम्म लागेछ अनि फटाफट भागेछ ,
उ जति धेरै हिडेउ पछाडी फर्केर हेर्दा उतिनै धेरै मुसाहरुले पछि गरेछन अनि उ खोलाको छेउमा पुगेर त्यो मुर्तिलाई खोलामा फालेछ । ,अरु सबै मुसाहरु पनि त्यो मुर्ति संगै खोलामा हाम्फालेछन ।

त्यसपछी उ फर्केर पसलेकोमा गएछ ।
पसले: तपाई कथा सुन्न आउनु भएको हो अब कथाको $५० दिनुहोस अनि मात्रै कथा भन्छु |
नेपाली: म कथा सुन्न आको होइन, बरु तपाईसंग नेपालको कुनै नेताको मुर्ति छ कि भनेर सोध्न आको, छ भने मलाई दिनुस त !

No comments:

Post a Comment