Dec 30, 2011

Nepali Funny Jokes Collection Popular Famous

रामले आफ्नो बारेमा बयान गर्दै हरिलाई भन्यो,
राम: मेरो डिस्नरीमा “इम्पोसिबल” शब्द नै छैन ।
हरि: पहिले किन्ने बेलामा हेर्नुपर्ने थियो नि, सबै शब्द छ कि छैन ।

एक युवक एक दिन शिवजीको प्रार्थना गर्दै कठोर तपस्या बसे, त्यसबाट शिवजी प्रशन्न हुनुभयो र उहाँले के चाहिन्छ माग्न आग्रह गर्नुभयो, उसले शिवजीसँग गितार मागे । त्यत्रो तपस्या बसेर जाबो गितार मागेको देखेर शिवजी अचम्म पर्नुभयो र भन्नुभयो -“तिमीले यत्रो तपस्या गरेका छौ बालक, जाबो गितार किन माग्छौ, अरु केहि माग।“
युवक –“मलाई गितार नै चाहिएको छ भगवान, गितार भए अरु केहि चाहिँदैन ।“
शिवजी: हे बालक, मसँग गितार भईदिएको भए मैले डमरु किन बोक्थेँ र ?

एक यूवक साधुकहाँ गएर सोधे
“बाबाजी, उनी बिना म बाँच्न सक्दिन, उनीलाई जसरी हुन्छ मेरो जीवनसाथी बनाउन चाहन्छु, केहि उपाय दिनुस् ।“
साधुले भने- “हे बालक, यसको लागि म तिमीलाई एउटै मात्र उपाय दिन सक्छु, अरु कुनै उपाय मसँग छैन र कसैले पनि दिन सक्दैन।“
यूवक (खुसी हुँदै) -“बाबाजी, भन्नुस् न त कस्तो उपाय ?”
साधु – साधु बन, म जस्तै ।

No comments:

Post a Comment