Dec 30, 2011

Nepali School student teacher jokes

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: “सर! थप कपी” ।


दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै:
श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि !
रामे: के हो त त्यस्तो अनौठो कुरा ?
श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि !
रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ?
 श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।

कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ:
पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ?
दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि !
पहिलो: कसरी लेख्ने भन न त ।
दोश्रो: हातमा कलम समात अनि लेख न ।

No comments:

Post a Comment