Dec 30, 2011

Nepali Funny and Hawa Jokesss

सन्दिप र अमित शुक्लाफाँटको जंगलमा डकुमेन्ट्री खिच्न गएछन् ।
अचानक उनीहरुको अगाडी बाघ आएछ ।
बच्नका लागि अमितले बाघको आँखामा पर्ने गरी माटोको धुलो फ्याकेछ र सन्दिपलाई तान्दै भनेछ-'दाई, मौका यही हो भाग ।'
अघिदेखि ट्वाल्ल परिरहेको सन्दिपले भनेछ 'म किन भाग्ने - तै भाग, बाघको आँखामा माटो मैले हालेको हो र ?'

खाना खाने बेलामा वावुराम: "छ्या..! यो पनि तरकारी हो ? कस्तो नमिठो..! ठ्याक्कै गोबर जस्तो..!!"
बावुरामकी आमा : "हरे भगवान ! मेरो छोरो घर बाहिर जे पायो त्यही खाएर बिग्रेछ, खानेकुरा त खान्थ्यो-खान्थ्यो, गोबर पनि खाने गर्दो रहेछ, नत्र गोबरको स्वाद कस्तो हुन्छ, यसले कसरी थाहा पायो ? थुक्क..!!"


अमित : भन त दाई, अङ्रेजीमा सबैभन्दा लामो शब्द कुन हो ?
सन्दिप : 'SMILES'
अमित : कसरी ?
सन्दिप : किनकी यो शब्दमा शुरुको S देखि लास्टको S सम्म पुग्दा एक Mile को अन्तर छ, त्यसैले...!!

No comments:

Post a Comment