Dec 30, 2011

नेपाली जोक funny


एकजना मानिस निकै उदास थियो । साथी : ए, के भयो किन उदास भएको ? मानिस : एकजनालाई प्लास्टिक र्सजरी गर्न भनेर दुइ लाख रुपैंया सापटी दिएको थिएँ । साथी : अनि के भयो त ? त्यसले पैसा फर्काएन ? मानिस : होइन, त्यसको अनुहार नै चेञ्ज भएछ, कसरी चिनुँ ?



किरा र जनावरहरुको फूटबलम्याच भएछ ।
 हाफट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् ।
 दोश्रो हाफमा किराको कोचले सय खुट्टे अरिमुठे ल्याएछ ।
 अरिमुठेले दनादन गोल ठोकेछ, किराहरुले खेल जितेछन् ।
पछि पत्रकारहरुले किराको कोचलाई सोधे; "यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो, के गर्ने, बिचरालाई सयवटा खुट्टामा बुट कस्नै हाफटाइमसम्म लाग्यो ।"

No comments:

Post a Comment