Dec 30, 2011

Nepali Comedy Funny Jokes Again

पाईलट बन्न चाहन्छु...............................................
बाबुले छोराको रिजल्ट हेरेपछि : तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस ।
छोराले बाबुलाई भनेछ : त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । 

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ?
साउजी – नब्बे रुपीयाँ ।
ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ ।
साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि ।

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ,
घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ ।
बच्चाको परिवारले भनेछन : ए हजुर यो त पागल छ ।
त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ?
होईन हजुर त्यत्ति नै पागल त छैन ।

No comments:

Post a Comment