Dec 30, 2011

Funny hawa gafadi Nepali Jokes


२० हातको बाघ:
दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।

क्रिकेटका सोखिन दुइ बुढा:
क्रिकेटका सोखिन नब्बे काटेका दुइ बुढामित्रमध्ये एकजनाको स्वर्गवासी हुनेबेला भएछ, अर्को बुढाले उसलाइ भनेछ "स्वर्ग पुगेपछि त्यहाँ क्रिकेट छ कि छैन, पत्ता लगाएर फोन गर" पहिलो बुढा "हुन्छ" भनेपछि स्वर्गिय भएछ ।
केही दिनपछि स्वर्गबाट पहिलोको फोन अर्को बुढालाई आएछ -"तेरोलागि एउटा खुशीको,अर्को दुःखको खबर छन् । खुशीको खबर स्व...र्गमा क्रिकेट खेल्न पाइन्छ र दुःखको खबर आउने बिहीबार हुने म्याचमा फस्ट बलिङ्ग तैले गर्नु पर्ने भो !"

No comments:

Post a Comment