Sep 23, 2011

Nepali कन्जुसहरु को जोक्स


एउटा कन्जुसहरुको घरमा बाबु मरे पछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए .....
पहिलो छोरा : शव बाहनमा लैजानुपर्ला
दोस्रो छोरा : ठेलागाडामा लगे पनि भईहाल्छ नि
तेस्रो छोरा : मर्ने मरिहाल्यो बाँधेर घिस्याउदै लैजाउँन
छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क उठेर भन्यो ‘धत्तेरिका कन्जुसहरु ! खैं मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु ....




एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ |
जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन |
जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :- ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की ? पानी अड्कियो के घाँटीमा |

No comments:

Post a Comment