Feb 15, 2012

Boy Girl - where to write ur name?

Boy: डार्लिङ ! तिम्रो नामआफ्नो हातमा लेखौं कि छातीमा ?
Girl: यता उता लेख्ने कुरा नगर !यदि साँचो माया गर्छौ भने
तिम्रो काठमाडौंको घडेरीको लालपुर्जामा लेख !

Jan 28, 2012

Funny nepali jokes popular famous hawa teacher student

More Funny Jokes :

Teacher: "Can you count?"
Student: "Yes, Sir !"
Teacher: "Okay, show me."
Student: "One, two, three,
four, five,six,
seven, eight, nine, ten,
jack, queen, and king!"
Hahahah :P


प्रेमी :- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउँछ !
प्रेमीका :- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन ।



Principal 2 Students:
U People Must Sleep Atleast
7 Hours A Day. .
.
Students:
Impossible Sir! School is
only For 6hrs! :P :D


A Fact 
>70% College students in the World are sufferring from AIDS!!!
.
.
Can't believe??
.
.
.
.
But its true!!
.
AIDS
.
A- Attendance &
I- Internal marks
D- Deficiency
S- Syndrome! :D :D

r u suffering ?????


Dec 30, 2011

सोझो nepali केटा ko jokes

राजुको  गाँउको सबै भन्दा सोझो केटा थियो। उसलाई सबैले जिस्काइरहन्थे।
तर ........ उ पनि के कम ........... उसलाई कसैले केही भन्ने बितिकै उसले "तेरो बाउको टाउको" भन्थ्यो।
जिस्कयाउने मध्ये एउटा बुढो पनि थियो ।
"तेरो बाउको टाउको" भनेको बुढोलाई मन पर्थेन ....... 
एकदिन....  बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। 
त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ।  र अब नभन्ने बाचा गराएछ।

तर .........फेरी पनि  पहिले जस्तै बुढोले राजुलाई जिस्काउन थालेछ।

राजु (रिसाउदै) :- तेरो..............................
बुढो:-  ............... भनिस भने तेरो बाउलाई भनेर फेरी कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको............... :D

Nepali Comedy Funny Jokes Again

पाईलट बन्न चाहन्छु...............................................
बाबुले छोराको रिजल्ट हेरेपछि : तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस ।
छोराले बाबुलाई भनेछ : त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । 

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ?
साउजी – नब्बे रुपीयाँ ।
ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ ।
साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि ।

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ,
घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ ।
बच्चाको परिवारले भनेछन : ए हजुर यो त पागल छ ।
त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ?
होईन हजुर त्यत्ति नै पागल त छैन ।

नेपाली teacher student and bird jokes


इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

----------------------

एउटा जुरेलि चरा कार को सिसा म ठोकिएर भुई मा ढलेछ..अनि एउटा मान्छे ले घर मा लगेर उपचार गरेर पिंजडा मा थुनेर राखेछ..एक छिन पछि त्यो जुरेलि को होस खुलेछ..अनि आफ़ु लाई पिंजडा भित्र देखेर भनेछ...ला म त जेल मा पो परेछु.. बिचारा त्यो कार को ड्राइवर मरेछ कि क्या हो.....

Funny hawa gafadi Nepali Jokes


२० हातको बाघ:
दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।

क्रिकेटका सोखिन दुइ बुढा:
क्रिकेटका सोखिन नब्बे काटेका दुइ बुढामित्रमध्ये एकजनाको स्वर्गवासी हुनेबेला भएछ, अर्को बुढाले उसलाइ भनेछ "स्वर्ग पुगेपछि त्यहाँ क्रिकेट छ कि छैन, पत्ता लगाएर फोन गर" पहिलो बुढा "हुन्छ" भनेपछि स्वर्गिय भएछ ।
केही दिनपछि स्वर्गबाट पहिलोको फोन अर्को बुढालाई आएछ -"तेरोलागि एउटा खुशीको,अर्को दुःखको खबर छन् । खुशीको खबर स्व...र्गमा क्रिकेट खेल्न पाइन्छ र दुःखको खबर आउने बिहीबार हुने म्याचमा फस्ट बलिङ्ग तैले गर्नु पर्ने भो !"

नेपाली जोक funny


एकजना मानिस निकै उदास थियो । साथी : ए, के भयो किन उदास भएको ? मानिस : एकजनालाई प्लास्टिक र्सजरी गर्न भनेर दुइ लाख रुपैंया सापटी दिएको थिएँ । साथी : अनि के भयो त ? त्यसले पैसा फर्काएन ? मानिस : होइन, त्यसको अनुहार नै चेञ्ज भएछ, कसरी चिनुँ ?



किरा र जनावरहरुको फूटबलम्याच भएछ ।
 हाफट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् ।
 दोश्रो हाफमा किराको कोचले सय खुट्टे अरिमुठे ल्याएछ ।
 अरिमुठेले दनादन गोल ठोकेछ, किराहरुले खेल जितेछन् ।
पछि पत्रकारहरुले किराको कोचलाई सोधे; "यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो, के गर्ने, बिचरालाई सयवटा खुट्टामा बुट कस्नै हाफटाइमसम्म लाग्यो ।"

Nepali Funny and Hawa Jokesss

सन्दिप र अमित शुक्लाफाँटको जंगलमा डकुमेन्ट्री खिच्न गएछन् ।
अचानक उनीहरुको अगाडी बाघ आएछ ।
बच्नका लागि अमितले बाघको आँखामा पर्ने गरी माटोको धुलो फ्याकेछ र सन्दिपलाई तान्दै भनेछ-'दाई, मौका यही हो भाग ।'
अघिदेखि ट्वाल्ल परिरहेको सन्दिपले भनेछ 'म किन भाग्ने - तै भाग, बाघको आँखामा माटो मैले हालेको हो र ?'

खाना खाने बेलामा वावुराम: "छ्या..! यो पनि तरकारी हो ? कस्तो नमिठो..! ठ्याक्कै गोबर जस्तो..!!"
बावुरामकी आमा : "हरे भगवान ! मेरो छोरो घर बाहिर जे पायो त्यही खाएर बिग्रेछ, खानेकुरा त खान्थ्यो-खान्थ्यो, गोबर पनि खाने गर्दो रहेछ, नत्र गोबरको स्वाद कस्तो हुन्छ, यसले कसरी थाहा पायो ? थुक्क..!!"


अमित : भन त दाई, अङ्रेजीमा सबैभन्दा लामो शब्द कुन हो ?
सन्दिप : 'SMILES'
अमित : कसरी ?
सन्दिप : किनकी यो शब्दमा शुरुको S देखि लास्टको S सम्म पुग्दा एक Mile को अन्तर छ, त्यसैले...!!

Nepali School student teacher jokes

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: “सर! थप कपी” ।


दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै:
श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि !
रामे: के हो त त्यस्तो अनौठो कुरा ?
श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि !
रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ?
 श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।

कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ:
पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ?
दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि !
पहिलो: कसरी लेख्ने भन न त ।
दोश्रो: हातमा कलम समात अनि लेख न ।