Jul 29, 2011

Job Interview अन्तरवार्ता Joke


एउटा मान्छे जागिरको लागि अन्तरवार्ता दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै अन्तरवार्ता दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ...
उसले भनेछ ...
१) नेपालको प्र म को हुन?
उत्तर: झलनाथ खनाल
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३)मंगल ग्रहमा मान्छे छन् ?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !


जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ ...

१)तपाइको नाम?
उत्तर: झलनाथ खनाल
२) हो र कहिले जन्मनु भो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३) तपाइ पागल होकि के हो?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !!!!

No comments:

Post a Comment