Jul 21, 2011

Jokes about Nepali Politics


दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने ती पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने ती जनताहरु सबैभन्दा बढि खुसी हुन्छन।


लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।

'नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्‍यो,' पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, 'यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।'

पौडेल घरभित्र पसे र एकछिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, 'भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङपुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानूस्, पुगेन भने फेरि आउनुहोला ।




नेपाली प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिबाट भोजको निम्ताआएछ । त्यो भब्य भोजमा सहभागी नेपाली प्रधानमन्त्री आश्चर्य चकित परेछन र अमेरिकी राष्ट्रपतिलाई सोधेछन ।
प्रम: यो भब्य कार्यक्रम कसरि सम्भब भयो ?
राप: (झ्यालबाट बहिर देखाउदै) उ त्यो पुल देख्नु भो ?
प्रम: देखे ।
राप: हो त्यसमा ५% खाएको ।
---------------
नेपाली प्रधानमन्त्रीलाई पनि त्यस्तै भब्य भोज दिने जङ्ग चलेछ र राष्ट्रपतिलाई नेपाल आउन निम्ता दिएछन् । निम्तो स्विकार्दै राष्ट्रपति पनि नेपाल आएछन । भोजमा सहभागी अमेरिकी राष्ट्रपति आश्चर्य चकित परेछन र नेपाली प्रधानमन्त्रीलाई सोधेछन ।
राप: यो भब्य कार्यक्रम कसरि सम्भब भयो ?
प्रम: (झ्यालबाट बहिर देखाउदै) उ त्यो पुल देख्नु भो ?
राप: अहं देखिन ।
प्रम: हो त्यो मैले सबै खाएको ।

No comments:

Post a Comment