Jul 29, 2011

Mundre मुन्द्रे, राता मकै ko Jokes


मुन्द्रेले धेरै पैसा जम्मा गरी चक्लेट किन्न गएछ। मुन्द्रे: साउनी चक्लेट दिनुस् त? साउनी: “नेपालमा यति ठुलो बाढी आएको छ। चक्लेट खानु सट्टा त्यसमा सहयोग गर न?” मुन्द्रेले धेरै बेर सोच्यो र भन्यो: “म चक्लेट कान्छु अनि त्यो पैसा तपाईँ सहयोग गर्नु नि!!!!”

मुन्द्रे , रातामकै र भोकलाग्यो एउटा बाइकमा जादै थिए। बाटोमा तिनीहरुलाई ट्राफिक पुलिसले रोक्न खोज्यो। त्यतिखेरै मुन्द्रेले भन्यो:- सरी दाइ, पहिलेनै हामी ३ जाना छौ, बिल्कुल तपाईको लागी ठाँउ छैन।



मुन्द्रे र मुन्द्रेको बाउ जाँच......................
मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछन
मामा:किन झगडा गरेको?
मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥
मामा :अनि तिमिलाई के को टेन्सन त?
मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥




मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त




मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेक घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।

No comments:

Post a Comment