Jun 24, 2011

Nepali Girl Friend / Wife Jokes, Chutkila 4

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।



एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।



एकदिन नया दुलहिलाई उन्को श्रीमानले सोधेछ:
प्रिये तिमीले हाम्रो बिहे अघी सम्म कती जना बोय फ्रेन्ड थिए ?
श्रीमतिले एउटा पोको दिदै भनिन्
श्रीमति: मैले हरेक बोय फ्रेन्ड बनाउदा यो पोकोमा एउटा चनाको दाना हाल्ने गरेको थिए आफै हेर्नुस न ।
पोको बाट ८ दान चना र ८० रुपैयाँ निकाल्दै श्रीमनले सोधेछ
हैन ८ वटा चना त बुझे तर यो ८० रुपैयाँ चै किन नि ?
श्रीमती :- साची मैले १ किलो चना बेचेकी थिए…..

No comments:

Post a Comment