Jun 23, 2011

गफाडीको जोक्स ( Gafadi ko Jokes)

पहिलो - "मैले १५ कक्षा सम्म पढेको छु ।"
दोस्रो - "हो र ? कसरी ?"
पहिलो - "५ कक्षामा ३ वर्ष पढे, अनि भएन त १५ कक्षा ?"

दोस्रोले पनि गफ दियो - "मैले त १६ कक्षा पास गरेको छु ।"
पहिलो - "लौ न, कसरी नि ?"
दोस्रो - "भारतमा १० कक्षा पास गरे पछि भएन त यहाँको १६ कक्षा ?"



दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?



मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले ।
साथिहरु:होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ?
मुन्द्रे : त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।

No comments:

Post a Comment