Jun 23, 2011

Doctor Patient Funny Jokes 1

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैळे ।


मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।


डाक्टर: भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो !
बिरामी: किन ? डाक्टर साप !
डाक्टर: हातमा लाउने पञ्जा त भित्रै छुटेछ !
बिरामी: डाक्टरसाब पनि कति लोभी-लौ लिनुस् पैसा नयै पञ्जा किन्नुस् ।


सपन श्रीमतीलाई लिएर डाक्टरकोमा पुगेछ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ ।

No comments:

Post a Comment