Jun 22, 2011

Nepali Pagal + Hawa Jokes 1

पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।



ग्राहकले वेटरलाई सोधेछ : तिमिलाई कसरि थाहा भयो कि म यहाँ पहिलो चोटि आएको हुँ भनेर ?
वेटर : किनकि जो ग्राहक यहाँ एक पटक आउँछ त्यसपछि फर्केर कहिलेपनि आउँदैन ।
"संसारको सबैभन्दा पुरानो जनावर कुन हो ?" ".....जेब्रा..!?" "किन ?" "..किनकी त्यो ब्ल्याक एण्ड ह्वाइट छ त्यसैले"...



बखतबहादुर टि.भी किन्न पसलमा गएछ ।
पसलमा -
बखते: साहुजी तपाईसंग कलर टिभी छ ?
साहुजी : छ, कस्तो चाहियो भन्नुस् न ।
बखते : त्यसो भए मलाई हरियो रंगको टिभी दिनुस् त ।





ग्राहक- साहुजी चाउ चाउ छ -
पसले- छैन
ग्राहक- विस्कुट छ -

पसले- छैन
ग्राहक- के छ त साहुजी
पसले- ठिकै छ यार सञ्चै छु आरामै छु बरु तपाईलाई कस्तो छ ।

No comments:

Post a Comment