Jun 22, 2011

Nepali Jokes About Mature People


एक आइमाइको आठ बच्चा रैछन र उनीहरु सबैको नाम - राम रैछ ।
यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ र उसले सोधेछ :
मान्छे :    तपाइलाई आफ्नो बच्चाहरु लाइ बोलाउन गाह्रो हुदैन ? सबैको नाम एउटै छ ।
आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।



अपराधी : हो श्रीमान्, मैले आफ्नी श्रीमतीलाई मारेको हुँ, किनकि ऊ परपुरुषसँग सुतेकी थिई ।
न्यायाधीश : के उसलाई मार्न आवश्यक थियो  त?
अपराधी : हरेक साता एउटा पुरुषलाई मार्नुभन्दा त उसैलाई मार्नु राम्रो विकल्प थियो श्रीमान् ।



श्रीमान : यदि हाम्रो छोरिको सट्टा छोरा भएको भए राम्रो हुन्थ्यो।
श्रीमती : हुन्थियो राम्रो !! तिम्रो भर परेको भए त यो छोरि पनि हुने थिएन।



राम ( फोनमा मस्कि मस्कि गर्दै थियो)
श्याम : को सँग कुरा गर्दै हो ?
राम :  WIFE सँग
श्याम : यति प्रेम ले... ?
राम : तिम्रो हो नी त ...



युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाली ।


एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ...
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ




- (आफ्नो साथीको आँखा रातो रातो देखेर)
- हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ...
- अनी तिमीले त कुनै नर्स राखेको छौ रे हैन उसलाई हेरबिचार गर्न ?
- अँ, त्यसै कारण त मलाई रात भरी जाग्नु पर्छ नि ।

No comments:

Post a Comment