Jun 24, 2011

Nepali Girl Friend / Wife Jokes 10

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”
श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!



बुढी बुढोसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न !!
बुढो: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । !!
बुढी: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त ।!!
बुढो: ल, म पनि त बाउ बन्दैछु नि !!!



श्रीमान् श्रीमतीको झगडा भएछ...
श्रीमान: फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: (रिसाउदै) बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु

No comments:

Post a Comment