Jun 22, 2011

Nepali Girl Friend / Wife Jokes 2

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
रामे : ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।


रामे (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?



सन्दिप विदेश जाने भयो । उसकी पत्नी सुजुलाइ पर्नु पिर पर्यो ।
जाने बेलामा सुजुले सन्दिपलाई भनिन् -'ए हजुर, मेरो लागि यस्तो पत्र लेख्नु कि तपाइँ फर्किन बेलासम्म पढिरहन सकुँ ।'
घरपरिवार, श्रीमती छाडेर जानु परेको चिन्तामा रहेका सन्दिपले झट्ट कागज र कलम लिएर एकघण्टासम्म लेखिरहे र सुजुलाई लेखेको कुरा दिदै भने -
'ल यही पढेर बस्नु । म फर्किने बेलासम्म बुझिहाल्छौ होला ।'



मंगल - तिमीहरु लोग्ने स्वास्नी सँधै झगडा किन गरिरहन्छौ हँ ?

संगल - किन भने हाम्रो पहिलो भेट नै वादविवाद प्रतियोगितामा भएको थियो, त्यसैले ।



पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भन्यो :  आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।
पति (रुन लागेको स्वरमा) : तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।

No comments:

Post a Comment