Apr 16, 2012

drinks party and girl friend's phone call

दिन भरी को कामको थकाईको बिट मार्नलाई साथीहरु बसेर दारु खाँदै थि ए ४/५ जना केटाहरु हल्का बेसी झ्याप थिए ।
तेसै बेला तेही टेबलमा राखेको मोबाईलबज्यो ।
केटा : हेलो ...
गर्लफ्रेन (उता) : अ हेलो सुन त। म आज न्यूरोड तिर आकी छु।
अनी यहाँ दामी ३०,००० जाने साडी अत्तीमनपर्‍यो ।
त्यो किन्ने मन लागिराछ भन्या ।
केटा : ए मन परेको छ र राम्रो छ भने किन न त ।
गर्ल्फ्रेन(खुसी हुँदै ) : हुन्छ हुन्छ। अनी अगी  साथीहरु सँग मोबाईल पसल पनि छिरेको , त्यहाँ पनि एउटा पिन्क कलरको सोनीको मोबाईल अत्ती राम्रो थियो त्यो पनि ८००० जतीभन्दै थियो त्यो पनि लिन्छु ल ?
केटा : ए ल ल लेउ लेउ ।
गर्ल्फ्रेन : ल ल अनी 
 पैसा  तिम्रो atm कार्ड बाट लिदै छु त्यो त थाहा छ नि ?
केटा : थाहा छ हो ! कुनै चिन्ता न ली जती पैसा चाहिन्छ झिक न , अनी जे जे चाहिन्छ किन ।
...
सबै केटाहरु अचम्म परे ।  

..
साथीहरुले  भने :
"साले पागल भाईस कि क्या हो?"
"केटी जाठिलाई किन तेत्रो पैसा खर्च् किन दिएको ?"
कि

" हामी लाई पैसा छ भनेर देखाको तैले?"
:
:
:
केटा : तैट केटा हो त्यस्तो नसोच न । अरु कुरा छोड, बरु यो मोबाईल चै कस्को हो भन ?

No comments:

Post a Comment