Apr 20, 2012

son in law and father in law...

"आज मलाई एउटा केटा हेर्न आउँदै छ बुवा-आमा",एउटा केटीले आफ्नो अभिभावक लाई भन्छिन।
केही समय पछी केटा chewing gum चबाउदै आइपुग्छ।
केटीको बाउलाई यो कुरा मन पर्दैन,एक्कासी उनी त्यो केटाको अगाडि आएर भन्छन,
बाबु: तिमीलाई आफु भन्दा ठूलोको कुनै इज्जत नै रहेन्छ।
केटा: होइन बुवा,हिजो अलिक धेरै भएछ ,गन्ध नआओस भनेर नि!
बुवा(रिसाउदै): छ्या ! तिमी रक्सी पनि खान्छौ?
केटा: हजुर! क्यासिनोमा जुवा खेल्न जादा मात्र।
बुवा: जुबा-तास पनि ??? कती समय भो यो खेल्न थालेको?
केटा: जेल बाट छुटे पछी खेल्न थालेको हो बुवा!
बुवा(झर्किदै): हे भगवान! तिमी जेलमा पनि थियौ, किन थियौ त जेलमा??
केटा: ज्यानमाराको केसमा बुवा।
बुवा(आगो हुँदै): किन मारेको त?
केटा: किन भने त्यो मान्छेले आफ्नो छोरी मलाई दिएन।
बुवा(डराउदै): हजुर ज्वाइ साहेब तपाईलाई मेरो आशिर्बाद छ................

No comments:

Post a Comment