Apr 9, 2012

Nepali Remix Stories - 1 दाउरे र बन्चरोको कथा

Nepali Remix Stories - 1 दाउरे र  बन्चरोको कथा


पुरानो कथा :-
एकादेश मा एउटा इमान्दार र गरीब दाउरे थियो। एक्दिन जङगलमा ठुलो पोखरिको छेउमा दाउरा काट्दै गर्दा उस्को बन्चरो पोखरी भित्र डुब्यो। उ डिल्मा बसेर रुन थालो। केही क्षणमा जल देवता प्रकट भ'ए। रुनको करण सोधे। उस्ले पनि सबै कुरा सुनयो। जल देवताले पोखरी भित्र गई सुनको बन्चरो निकाली उस्लाई 'यो तेरो बन्चरो हो?'' भनी सोधे। इमान्दर दाउरेले होइन भन्यो। जल देवताले फेरी चाँदिको बन्चरो निकाली सोधे। दाउरेले फेरी होइन भन्यो। अन्तमा , जल देवताले फलामको बन्चरो निकाली उस्लाई तेरो हो भनी सोधे। दाउरेको 'हो' भन्यो। देवता दाउरेको इमान्दारिता बाट खुशी भए। उस्लाई ३ वटै बन्चरो दिए।
**********
अरु थप विवरण ;-
बन्चरो उस्ले धेरै दाममा बेच्यो। अनी आफ्नै ब्यवसाय सुरुगरो। उ राता रात सम्पन्न भो। उस्को भर्खर बिहे भो। दाउरेको बुडा बुडी त्यही जङगलको पोखरिमा डुल्दै थिए। अचानक उस्को बुडी चिप्लिएर पोखरीभित्र डुबी। दाउरे डिलमा बसेर रुन थालो। फेरी , जल देवता निस्की उ रुनको कारण सोधे। दाउरेलेपनी सबै कुरा बातायो। जल देवता पोखरीभित्र गएर '' माधुरी दिक्षित'' लाईनिकाली दाउरेसग सोधे - ''दाउरे के यो तेरो बुडी हो? '' दाउरेलेपनी एकै पटक भन्यो -'' प्रभु , हो हजुर यो नै मेरी बुडी हो । '' देवतालाई दाउरेले झुटो बोलेकोमा खिन्नहुँदै सोधे -'' दौरे, त त इमान्दर थिस , तर आज म सग किन झुट बोल्छस? '' दाउरेले पनि नम्र हुँदै जवाफ दियो - ' प्रभु मलाई तपाईं को स्टाइल था छ । यो माधुरी दिक्षितलाई मैले मेरो बुडी होइन भन्दा तपाईंले फेरी 'ऐश्वर्या राय' लाई निकल्नुहुन्छ। म त्यस्लाई पनि होइन भन्छु। अनी मात्र तपाईंले मेरो बुडी निकल्नुहुन्छ। अनी म यो मेरो बुडी हो भन्छु। तपाईं प्रसन्न हुँदै ३ जनानै मलाई दिनुहुन्छ। म यो महँगो जमानामा म ३- ३ बुडी कसरी पालौ आँफै भन्नुहोस् प्रभु।
******
पहिलो दाउरेको सफलता देखी अर्को दुस्ट दाउरेपनी सम्पन्न हुने लालचले त्यो जङगलको पोखरिमा गएर दाउरा काटेकोजस्तै गरी बन्चरो पोखरिमा फालेछ अनी आफुचै डिलमा बसी रुन थाले छ। एक क्षण पछी जल देवता प्रकट भये । उस्लैपनी रुनको करण सोधे। दुस्ट दाउरेलेपनी सबै भनेछ । जल देवता पोखरीभित्र गएर सुनको बन्चरो निकाली उस्लाई देखाउदै सोधे - के यो तेरो बन्चरो हो?' दाउरेलेपनी होइन भनेछ। त्यो सुनको बन्चरो पोखरिको डिलमा राखी जल देवताफेरी पोखरी भित्र गये । यस् पटक जल् देवताले चाँदिको बन्चरो निकाले र दाउरेलाई सोधे - ''यो तेरो बन्चरो हो ?'' दाउरेले पुन होइन भन्यो। यो चाँदिको बन्चरो पनि पोखरिको डिलमा राखी जल देवता फेरी पोखरी भित्र गए। यस् पटक फलामको बन्चरो निकाले । तर दाउरे त्याँ थिएन। उ सुन र चाँदिको २ वटै बन्चरो चोरेर टाप ठोकिसकेको थियो।
************
गाँउमा २ जन दाउरे राता रात सम्पन्न भ'को लोभि मुखियलाई था थियो। मुखियापनी धेरै सुन र चाँदिको बन्चरो पाउने लोभले १० वटा फलामको बन्चरो बोकी त्यही पोखरिमा गयो र साथ मा लगेको १० फलामको बन्चरो पोखरिमा जता सुकै फाल्यो। अनी मुखिया डिलमा बसी रुन थालो। ५,७ घण्टा भाईसको जल देवता निक्लिएनन । मुखियाले घरबाट 'पम्प सिट ' लिएर पोखरिको पानी सबै सुकयो। आफुले फालेको १० बन्चरो लिन। पानी सुकेपछी देखियो - 'जल देवतालाई उस्ले फालेको बन्चरोहरु मध्धे एउटाले टाउकोमा लागेर जल देवता मरेछन। '

No comments:

Post a Comment