Apr 9, 2012

engineer vs lawyer jokes

एउटा इन्जिनियर मरेछ…अनि चित्रगुप्त कहाँ पुगेछ ।
यमराजकोमा पेशी भएर उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने भएछ ।
विचरा के गरोस्…पुगेछ नर्कमा । 
त्यहाँ यमराजले उसको पापको हिसाब किताब गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् । 
त्यो पनि स्वीकार गरेछ उसले.. 
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले झुन्ड्याउनुस्..तर यो फाँसीको मञ्चको डिजाइन मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु होला “ यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ..
“तँ अरू के के गर्न सक्छस्?’ इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ । एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…गज्जबको भएछ ।
तर यस्तो राम्रो नर्क इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ फोन लगाएछ ” कुरा के भयो भने ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकहाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्?? ति जम्मै त म कहाँ छन्…:

No comments:

Post a Comment